
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि जापानी राजदूतले बिदाइ भेट गरेका छन् । मंगलवार राष्ट्रपति भवन शीतल निवासमा राजदूत मासामिची साइगोले बिदाई भेट गरेका हुन् ।
सो अवसरमा नेपाल र जापानबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij