
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । सत्तारुढ दल नेकपा भित्रको अन्तरसंघर्ष चुलिएका बेला ओली पक्षका नेताहरुको दौडधुप चलेको छ । सोही क्रममा सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि राष्ट्रपति विद्यादेवी भण्डारीसमेतलाई भेटेका छन् ।
यसअघि बिहीबार महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि ओलीको सन्देश बोकेर खुमलटार पुगेर प्रचण्डलाई प्रस्ताव फिर्ता लिँदै सहमतिमा आउन आग्रह गरेका थिए । सचिवालय बैठकको मिति नजिकिएसँगै त्यसको भोलिपल्ट शुक्रबार मन्त्री पोखरेल पनि खुमलटार पुगेर अध्यक्ष प्रचण्डलाई भेटेका छन् । तयसलगत्तै पोखरेल राष्ट्पतिलाई भेट्न शीतलनिवास पुगेका हुन् ।
ती भेटमा पोखरेलले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीको सन्देश आदान प्रदान गरेको बुझिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij