Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

बालेनलाई बाबुरामको आग्रह- ऐतिहासिक आर्थिक रोगको दिगो निदान खोज्नुस्

बालेनलाई बाबुरामको आग्रह- ऐतिहासिक आर्थिक रोगको दिगो निदान खोज्नुस्

  • काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालको आर्थिक क्षेत्रमा गम्भीर संरचनात्मक सङ्कट देखापरेको भन्दै नयाँ पुस्ताका नेताहरूलाई यसको दिगो निदान खोज्न आग्रह गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    युवा बाहुल्य संसद र सरकारलाई लक्षित गर्दै डा. भट्टराईले आइतबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उक्त आग्रह गरेका हुन् । उनले निर्यातमा भारतको अवरोधपछि ८३ चिया उद्योग बन्द गर्ने घोषणा र अघिल्लो वर्षभन्दा १२० उद्योग कम दर्ता हुनुलाई देशको गम्भीर आर्थिक सङ्कटको सङ्केत भनेका छन्।

    AGNI GROUP

    ‘यी अत्यन्त गम्भीर आर्थिक क्षेत्रका संरचनात्मक सङ्कटका सङ्केत हुन् ! त्यसै त जम्मा ११.४ प्रतिशत जीडीपी (कुल गार्हस्थ्य उत्पादन) र १३.८ प्रतिशत श्रमशक्ति (सन् २०२४) भएको कमजोर औद्योगिक क्षेत्र छ,’ उनले लेखेका छन्, ‘झन् गम्भीर कुरा, राष्ट्रियताका अरू पक्षहरूमा हामी नेपाली जति संवेदनशील छौँ, आर्थिक राष्ट्रियताका विषयमा भने हाम्रो बालसुलभ अज्ञानता र मौनता बडो चिन्ताजनक छ ।’

    पूर्वअर्थमन्त्रीसमेत रहेका डा. भट्टराईले ४० वर्षअघि सन् १९८६ मा भारतको जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) मा प्रस्तुत गरेको आफ्नो विद्यावारिधि शोधग्रन्थको स्मरण गर्दै नेपालको परनिर्भरता र अल्पविकासको चर्चा गरेका छन्।

    ‘मैले ठीक ४० वर्षपहिले जेएनयूमा प्रस्तुत गरेको ‘द नेचर अफ अन्डरडेभलपमेन्ट एण्ड रिजनल स्ट्रक्चर अफ नेपाल’ विषयक विद्यावारिधि शोधग्रन्थमा यही संरचनात्मक आर्थिक अल्पविकास र परनिर्भरताको आन्तरिक र बाह्य कारणबारे चिरफार गरेको थिएँ,’ उनले स्मरण गरेका छन्, ‘परन्तु, बीचको अवधि राजनीतिक अधिकारको सङ्घर्षमै बित्यो !’

    आफ्नो पुस्ताको धेरै समय राजनीतिक व्यवस्था परिवर्तनको सङ्घर्षमै बितेको आशय व्यक्त गर्दै उनले अब देशको आर्थिक रोगको उपचार गर्ने जिम्मा नयाँ पुस्ताको काँधमा आएको बताएका छन्।

    ‘अहिले नयाँ जोसजाँगरसहित सत्तामा पुग्नुभएका साथीहरूले अब त्यो ऐतिहासिक आर्थिक रोगको दिगो निदान खोज्ने हो कि ?’ उनले प्रश्नसहित सुझाव दिएका छन्।

    नेपाली चिया भारत निर्यातमा देखिएको अवरोध र उद्योग दर्तामा आएको कमीले देशको औद्योगिक वातावरण खस्कँदै गएको समयमा पूर्वप्रधानमन्त्री भट्टराईको यो भनाइ आएको हो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij