Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ।
दिउँसो १ बजे बस्ने बैठकमा सबैभन्दा पहिला सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।
त्यसपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव वक्तव्यसहित प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
अर्थमन्त्रीको प्रस्तावपछि प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल सुरु हुनेछ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij