Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गणतन्त्र संसारकै उत्कृष्ट व्यवस्था हो: राष्ट्रपति पौडेल

गणतन्त्र संसारकै उत्कृष्ट व्यवस्था हो: राष्ट्रपति पौडेल

  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र संसारकै उत्कृष्ट व्यवस्था भएको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौँको टुँडिखेलमा आयोजित १९औं गणतन्त्र दिवसको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गणतन्त्र संसारकै उत्कृष्ट व्यवस्था भएको बताउदै यस व्यवस्थाले जनतालाई सार्वभौम सत्ता सम्पन्न बनाएको बताएका हुन् ।

    AGNI GROUP

    उनले लोकतन्त्रमा अन्तिम मालिक जनता नै हुन् भन्ने मान्यता स्थापित भएको भन्दै संबिधानले निदिष्ट गरेको व्यवस्था अनुसारनै यसको अभ्यास भइरहेको बताए ।

    गणतन्त्रले एकताबद्ध भएर अगाडी जाने अवसर दिएको भन्दै सबै किसिमका राजनीतिक अधिकार समेत दिएको राष्ट्रपति पौडेलले बताए । राजनीतिक उपलब्धिहरुले मात्र परिवर्तनलाई जनतासँग जोड्न पर्याप्त नहुने भन्दै उनले शासकीय चरित्रले परिवर्तनलाई जनतासँग जोड्नुपर्ने बताए ।

    राष्ट्रपति पौडेलले प्राप्त राजनीतिक उपलब्धिको जगमा आर्थिक उन्नतिको जग बसाल्नु पर्ने भन्दै शासकीय संरचना र राज्यका अंगहरुलाई गतिशील बनाएर सुशासन दिनै पर्ने बताए । राष्ट्रपति पौडेलले अहिले बलियो जनादेशको सरकार बनेको उल्लेख गर्दै शासकीय सुधारका सय बुँदे कार्यसूची ल्याएर काम गरिरहेको बताए । गणतन्त्रको मर्यादालाई बचाउन र यसलाई समृद्ध बनाउन सबैले आफ्नो आचरणलाई सुधार गरेर काम गर्नेमा राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरेका छन् ।

    गणतन्त्र दिवसको अवसरमा आयोजित विशेष कार्यक्रमलाई यसअघि प्रधानमन्त्रीले सम्वोधन गर्ने प्रचलन रहेपनि यस पटक पहिलो पटक राष्ट्रपतिले सम्बोधन गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट