Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

जव खान लागेको अक्टोपसले गाला टोकेपछि !

जव खान लागेको अक्टोपसले गाला टोकेपछि !

  • काठमाडौं । मानिसहरु आफू फेमस बन्नका लागि बिभिन्न भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्छन् ।
    यस्तै, क्रममा एक चिनियाँ भ्लगर युवतीले जिउँदो अक्टोपस खाएर त्यसको भिडियो बनाउने प्रयास गरेकी थिइन् । तर घटना उनले सोचेको भन्दा विपरीत हुन पुग्यो । सि साइड गर्ल लिटल सेभेननामकी ति भ्लगरले लाइभमा अक्टोपसलाई आफ्नो मुखभित्र राखिन् । तर, अक्टोपसले उनीमाथि नै आक्रमण गर्न पुग्यो।

    images
    images
    images

    भिडियोमा अक्टोपसको आक्रमणबाट फुत्किन उनलाई असहज भएको सहजै अनुमान लगाउँन सकिन्छ । अक्टोपसले उनको नाक, मुख र आँखाको तल्लो भागमा निकै जोरले समातेको भिडियोमा देख्न सकिन्छ । युवतीले अक्टोपस आफ्नो मुखबाट निकाल्न धेरै प्रयास पछि मात्र सफल भएकी थिइन् । अक्टोपसको आक्रमणबाट मुक्त हुने प्रयास गर्दा युवती पीडाले कराइरहेको पनि भिडियोमा देख्न सकिन्छ । खान लागेको उक्त अक्टोपसले चिथोर्दा उनको गालामा चोट लागेको छ ।

    चीनियाँ युवतीको उक्त भिडियो यतिखेर सामाजिक सञ्जालमा भाइरल भईरहेको छ । एजेन्सीको सहयोगमा

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij