
Jul 28 2025 | २०८२, साउन १२ गते
काठमाडौं । आज संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा समितिका बैठक बस्दै छन् ।
सोमबार कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।
दिनको १ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मानव अधिकार सम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजना (आ.व. २०८२-८३ २०८६-८७) को मस्यौदामाथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल सम्बन्धमा गरिने कार्यसूची छ ।
बिहान १० बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ताहरुसँग छलफल गरिने छ ।
यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० का सम्बन्धमा सरोकारवालाहरुसँग अन्तक्र्रिया गरिने कार्यसूची रहेको छ ।
सार्वजनिक लेखा समितिको ४७ औं बैठक बिहान ११ बजे बस्दैछ छ भने बैठकमा अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा नेपाल सरकारका सबै सचिवहरुसँग छलफल गरिने छ ।
बिहान ११ः३० बजे बस्ने विधायन व्यवस्थापन समितिको ९९ औँ बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गरिने छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij