Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन सबै निकायलाई प्रधानमन्त्री कार्यालयको निर्देशन

सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन सबै निकायलाई प्रधानमन्त्री कार्यालयको निर्देशन

  • काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद नगरी सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन सबै निकायलाई निर्देशन दिएको छ।

    onlinepatrika
    Arghakhachi

    कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, निकाय, प्रदेश सरकार र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयहरूलाई परिपत्र गर्दै आवश्यक नपरेका सामान खरिद नगर्न आग्रह गरेको हो।

    AGNI GROUP

    परिपत्रमा कार्यालय प्रमुखहरूलाई कार्यालयमा रहेका सामग्री, औजार, उपकरण, फर्निचर र सवारीसाधनलाई सकेसम्म मर्मत गरी प्रयोगमा ल्याउन र नयाँ खरिदलाई नियन्त्रण गर्न भनिएको छ।

    ‘अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगरी कार्यालयमा उपलब्ध कुर्सी, दराज, सोफा, कार्पेट, पर्दा, गमला, कम्प्युटर, मोबाइल, ल्यापटप लगायतका सामग्रीलाई चालु अवस्थामा राखी प्रयोग गर्न र सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन अनुरोध छ,’ परिपत्रमा उल्लेख गरिएको छ।

    प्रधानमन्त्री कार्यालयका अनुसार कतिपय निकायमा प्रयोगयोग्य सामग्री हुँदाहुँदै पनि नयाँ खरिद गर्ने तथा मर्मतमा अस्वाभाविक खर्च गर्ने प्रवृत्तिका कारण राज्यकोषमा अतिरिक्त भार पर्ने गरेको गुनासो आएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट