Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रेमिट्यान्सको भरमा देश चलाउने सोच त्याग्न सांसद अधिकारीको सुझाव

रेमिट्यान्सको भरमा देश चलाउने सोच त्याग्न सांसद अधिकारीको सुझाव

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नेपालको मौलिकता र प्रविधिलाई जोडेर नयाँ आर्थिक मार्गचित्र गर्नुपर्ने धारणा अघि सारेकी छन्।

    onlinepatrika
    Arghakhachi

    प्रतिनिधि सभाको शून्य समयमा सांसद अधिकारीले युवा पलायनका कारण रित्तिएका पहाड र मौन रहेका गाउँ बस्तीको पीडादायी अवस्थाको अन्त्य गर्दै रेमिट्यान्सको भरमा मात्रै देश चलाउने सोचबाट माथि उठ्नुपर्ने बताएकी हुन्।

    AGNI GROUP

    उनले सगरमाथाको शीतलता र धर्तीको शान्तिलाई अर्थतन्त्रको बलियो आधारका रूपमा अघि बढाउनुपर्ने प्रस्ताव गरेकी हुन्। सांसद अधिकारीले अब नेपालले वर्क इन नेपाल को दायरालाई फराकिलो बनाउँदै विश्वलाई नै वर्क फ्रम नेपालको निम्तो दिनुपर्ने बताइन्।

    प्रविधिको यो युगमा विश्वका प्रखर मस्तिष्कहरूलाई आकर्षित गर्न सरकारले तत्काल डिजिटल नोम्याड भिसा कार्यान्वयन गर्न सरकारलाई सुझाव दिइन्।

    जसले विदेशी विज्ञहरूलाई नेपालको तराई, पहाड र हिमालको विविधतामा रमाउँदै काम गर्ने वातावरण दिने उनको दाबी छ।

    ‘प्रविधिको यो युगमा विश्वका प्रखर मस्तिष्कहरूलाई डिजिटल नोम्याड भिसा दिएर हाम्रो कला, संस्कृति र चाडपर्वले समृद्ध तराई, मधेश, पहाड र हिमालको विविधतामा रमाइ काम गर्न आकर्षित गरौँ, अधिकारीले अगाडि भनिन्, ‘जब एउटा विदेशी विज्ञ नाम्चेको काख, राराको आँगन र रामारोशनमा बसेर विश्वका लागि सफ्टवेयर बनाउँछ, तब हाम्रा पहाडहरू, हाम्रा बस्तीहरू डिजिटल भिलेज बन्नेछन्। हाम्रा युवाहरूले आफ्नै आँगनमा बसेर विश्वस्तरको सीप सिक्नेछन्। यसले डलर मात्र ल्याउँदैन सभामुख महोदय, रित्तिएका गाउँहरूमा रौनक र समृद्धिको सञ्चार गर्नेछ। त्यसैले डिजिटल नोम्याड भिसा सरकारले तत्काल कार्यान्वयन गरोस्।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij