Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ज्ञानेन्द्र शाहीको दाबी: ०८१ सालको नीति तथा कार्यक्रम र अहिलेको हुबहु एउटै छ

ज्ञानेन्द्र शाहीको दाबी: ०८१ सालको नीति तथा कार्यक्रम र अहिलेको हुबहु एउटै छ

  • काठमाडौँ । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र शाह सरकारले ल्याएको नीति तथा कार्यक्रम २०८१ सालको नीति तथा कार्यक्रमको हुबहु रहेको दाबी गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनले संसदमा बोल्दै दुवै नीति तथा कार्यक्रमको पुस्तक देखाएर तुलना गरेका हुन् । उनले भने, ‘मेरो हातमा दुईवटा किताब छ । एउटा २०८३ सालमा, हिजो मात्रै, राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गर्नुभएको नीति तथा कार्यक्रम । अर्को २०८१ सालमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नै सम्वोधन गर्नुभएको नीति तथा कार्यक्रम । हुबहु एउटै छ।’

    AGNI GROUP

    शाहीका अनुसार २०८१ को नीति तथा कार्यक्रममा २१७ बुँदा थिए भने अहिले १०० बुँदा छन् । तर, सबैजसो मिलेको उनको दाबी छ ।

    ‘लेख्ने मान्छे त एउटै रहेछ । घर गएर मज्जाले पढ्दा हुन्छ । हुबहु छ । एक दुई वटा कुरा कहीँ कहिँ फरक छ । तर हामीले चाहेको व्यापक सुधार थियो । सबै युवा साथीहरु आएका छन् । नयाँ–नयाँ साथीहरु आएका छन् ।

    पार्टी जोसुकै होस नयाँ अनुहार छन् । कोही सत्तापक्षबाट कोही प्रतिपक्षबाट होलान् । तर सबै नयाँ भएकाले नीति तथा कार्यक्रममा नयाँ आउछ भनेको त हुबहु फोटोकपि छ । केही शब्द त ज्यूँका त्यूँ सारियो ।’ शाहीले भने ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij