Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सरकारलाई कांग्रेसको प्रश्न-सुधन गुरुङमाथि छानबिन गर्न केले रोक्यो ?

सरकारलाई कांग्रेसको प्रश्न-सुधन गुरुङमाथि छानबिन गर्न केले रोक्यो ?

  • काठमाडौं । संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि लागेको आरोपबारे छानबिन नगरेको भन्दै सरकारको आलोचना गरेको छ। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले तत्कालीन गृहमन्त्री गुरुङमाथि छानबिन गर्न सरकार किन हिच्किचाइरहेको भन्दै प्रश्न गरे।

    onlinepatrika
    Arghakhachi

    उनले अरूलाई भ्रष्टाचारको आरोप लगाएर घेराबन्दी गर्ने सरकारले आफ्नै पूर्व गृहमन्त्रीमाथि लागेको गम्भीर आरोपमा भने कुनै अनुसन्धान नगरेको भन्दै आपत्ती जनाए।

    AGNI GROUP

    ‘अरूलाई भ्रष्टाचारको एकोहोरो आरोप लगाएर खेद्ने,तर आफ्नै तत्कालीन गृहमन्त्रीमाथि लागेको आरोपमाथि कुनै छानबिन नगर्ने रु यो कस्तो सुशासन हो रु’ उनले प्रश्न गरे, ‘तत्कालीन गृहमन्त्रीमाथि छानबिन गर्न सरकारले किन हिच्किचाएको हो ?’

    आङ्देम्बेले सम्पत्ति छानबिनका लागि आयोग गठन गरेकोमा सरकारलाई धन्यवाद दिए। उनले २०४७ देखि २०५९ सालसम्मको सम्पत्ति छानबिन गरेको लम्साल आयोगको प्रतिवेदन कार्यान्वयनमा नल्याइएको विषय पनि उठाए।

    उनले प्रतिवेदन बनाउने तर कार्यान्वयन नगरी दराजमै थन्क्याउने प्रवृत्ति दोहोरिए अहिले भइरहेको प्रचारको कुनै अर्थ नरहने टिप्पणी गरे।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट