Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

१ सय दिने बाचा पुरा गर्न माग राख्दै बराह पीडितको रवि लामिछानेलाई ध्यानाकर्षण पत्र

१ सय दिने बाचा पुरा गर्न माग राख्दै बराह पीडितको रवि लामिछानेलाई ध्यानाकर्षण पत्र

  • काठमाडौं । सुनसरीको धरानमा रहेको बराह बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूले सहकारीमा हिनामिना भएको रकम फिर्ता गराइदिन माग राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    बराह सहकारीका सञ्चालकले १० हजार भन्दा बढी सर्वसाधारणको ११ अर्ब भन्दा बढी रकम हिनामिना गरेको भन्दै फिर्ताको माग राखेर ध्यानाकर्षण पब बुझाइएका हुन् । बराह सहकारी पीडित समन्वय समितिले सभापति लामिछानेलाई पत्र पठाउँदै निर्वाचनका बेला उनले गरेको बाचा पूरा गर्न आग्रह गरेको हो।

    AGNI GROUP

    चुनावको १०० दिने बाचाको स्मरण गराउन पीडितहरूको तर्फबाट समन्वय समितिले ध्यानाकर्षण पत्र बुझाएको अध्यक्ष श्याम प्रसाद ढकालले बताए । निर्वाचनका बेला रास्वपाले आफ्नो बाचा पत्रमा चुनाव जितेको १०० दिनभित्र सहकारी पीडितको रकम फिर्ता गर्ने उल्लेख थियो । ढकालले भने सोही बाचा पत्रको स्मरण गराउन ध्यानाकर्षण पत्र बुझाएका हो । बराह सहकारीमा ११ अर्ब रुपैयाँको निक्षेप जोखिममा छ ।

    समितिका अनुसार धरान र आसपासका करिब ८ देखि १० हजार बचतकर्ताले सो सहकारीमा ११ अर्ब रुपैयाँभन्दा बढी रकम जम्मा गरेका थिए। सहकारीले २०७८ साल मङ्सिरदेखि बचतकर्ताको रकम फिर्ता दिन छाडेको थियो। बचत फिर्ता गर्न नसकेपछि सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्मा, सञ्चालकहरू अमरबहादुर विश्वकर्मा, गङ्गाबहादुर कालिकोट लगायतका पदाधिकारीहरू हालसम्म फरार छन्। सहकारीले बचत हिनामिना गरेपछि धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २०८२ भदौ २२ गते बराहलाई संकटग्रस्त सहकारी घोषणा गरेको थियो ।

    सङ्कटग्रस्त सहकारी घोषणा गरे पनि हालसम्म बचत फिर्ताको ठोस प्रक्रिया अघि नबढेको पीडितहरूको गुनासो छ। नगर प्रमुखले आवश्यक संयन्त्र र पहुँच नभएको भन्दै पन्छिने गरेको आरोप समेत उनीहरूले लगाएका छन्।

    समन्वय समितिले फरार रहेका सहकारीका प्रमुख सञ्चालकहरूलाई चाँडोभन्दा चाँडो पक्राउ गरिनु पर्ने, संस्थाको सम्पत्ति र दायित्व छानबिन गरी पीडितहरूको बचत रकम फिर्ता गर्ने वातावरण मिलाउनु पर्ने धरौटीमा रिहा भएका विभागीय प्रमुखहरूमाथि पनि कडा निगरानी र कानुनी कारबाही अगाडि बढाउनु पर्ने माग राखेका छन् ।

    समितिका अध्यक्ष श्यामप्रसाद ढकाल, द्वितीय अध्यक्ष विष्णु कुमार राई र सचिव नरेन्द्र कुमार इवारामद्वारा हस्ताक्षरित सो पत्रमार्फत उनीहरूले आफ्नो खाइ–नखाई साँचेको भविष्य सुरक्षित गरिदिन लामिछाने र रास्वपा सँग अनुरोध गरेका छन्।

    बराह ग्रुपले धरानमा एउटा सानो सुन पसलबाट आफ्नो व्यवसाय सुरु गरेको थियो। इन्द्र लामिछाने (विश्वकर्मा) ले २०५२ सालमा बराह ज्वेलरी इन्टरप्राइजेज स्थापना गरेका थिए । ज्वेलरी मार्फत उनले बचत सङ्कलन गर्थे ।

    उनले हङकङ र दुबईमा पनि यसको शाखा खोलेका थिए । सुन पसलमा बचत तथा ऋण कारोबारमा रोक लागेपछि २०६६ सालमा बराह बचत तथा ऋण सहकारी संस्था स्थापना भएको थियो ।

    पछि यसले डिपार्टमेन्ट स्टोर, रियल स्टेट र सहकारीमा लगानी विस्तार गरेको थियो । सहकारीको सञ्चालकमा परिवारका सदस्यहरू थिए । उनीहरूले सर्वसाधारणबाट सङ्कलन गरेको रकम घर जग्गा लगायतमा लगानी गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट