Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मधेश सरकारबाट बाहिरियो जनमत

मधेश सरकारबाट बाहिरियो जनमत

  • काठमाडौं । कांग्रेस नेतृत्वको मधेश प्रदेश सरकारबाट जनमत पार्टी बाहिरिएको छ । संसदीय दलको नेता हेरफेरसँगै जनमतले सरकारबाट बाहिरिने निर्णय गरेको हो । बहुमत सांसदले सरकारबाट बाहिरिने निर्णयसँगै संसदीय दलको नेता समेत परिवर्तन गरेको थियो ।

    onlinepatrika
    Arghakhachi

    अध्यक्ष सीके राउतले महेशप्रसाद यादवलाई दलको नेताबाट हटाएर चन्दनकुमार सिंहलाई तोकेको पत्रसमेत थमाएका छन् । नवनियुक्ति नेता सिंह भर्खरै प्रदेश प्रमुखकहाँ पुगेर सरकरामाथि समर्थन फिर्ताको पत्र बुझाएका छन् । सँगै मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइएको छ ।

    AGNI GROUP

    यसैबीच पार्टीका अध्यक्ष डा.सीके राउतले मधेश सरकारबाट पार्टी बाहिरिने निर्णय पार्टी र जनताको हितको लागि भएको जिकिर गरेका छन् । उनले आफूहरूलाई मन्त्रीको पद नभई जनताको सेवा प्यारो लाग्ने बताएका छन्।

    उनले भनेका छन्, ‘जनताको सेवा र विकास नभए पदको के काम रु जनमत पार्टीद्वारा मधेश सरकारबाट बाहिरिने निर्णय पार्टी र जनताको हितको लागि। मधेश सरकारको गतिविधि र रवैयाले गर्दा जिल्ला जिल्लामा आमजनता र पार्टीका कार्यकर्ताहरू समेतमा चरम असन्तुष्टि बढ्दै गएको थियो।’

    अहिलेको मधेश सरकारबाट जनमत पार्टीको भिजन र जनताको हित अनुसार कुनै काम हुन नसकेको उनको दाबी छ ।

    उनले थपेका छन्, ‘हामीले विगत ५ महिनादेखि मधेश सरकारलाई पटक पटक सुझाव दिँदै आएका छौँ र सुधार गर्न अनुरोध गर्दै आएका छौँ, तर सोको कुनै सुनुवाइ भएन। पार्टीको भिजन अनुरूप सारेका ७० भन्दा गौरवका योजनाहरू अलपत्र छन्, तर कतै कुनै सुनुवाइ भएन। महिला कृषि स्वयंसेविका कार्यक्रम जस अन्तर्गत करिब १४०० महिलाले रोजगारी पाउने थिए, सबै कुरा भइसक्दा पनि अलपत्र पारिएको छ। यस्ता कैयन् फलदायी गौरवका योजनाहरूलाई पूर्णतः वेवास्ता गरिएको छ।’

    उपभोक्ता समितिमा धेरै विवाद हुने भएकाले सबै योजनाहरू स्वच्छ टेन्डर प्रक्रियाबाटै गर्ने सम्बन्धमा पनि कुनै सुनुवाइ नभएकाले मधेश प्रदेश बदनामीको अखडा बन्न पुगेको बताए। मधेश सरकारको रवैयाले गर्दा जिल्ला जिल्लामा आमजनता र पार्टीका कार्यकर्ताहरू समेतमा चरम असन्तुष्टि बढ्दै गएको उनको बुझाइ छ।

    उनले भनेका छन्, ‘जनताको हितमा कुनै काम नै नभई रहँदा र गलत कार्यहरू भइरहँदा जनमत पार्टीले सरकारबाट बाहिरिनु नै उचित ठानेको छ। सो सम्बन्धमा २०८३/०१/११ गते नै जनमत पार्टीको संसदीय दलको बैठकमा बहुमतले जनमत पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको थियो। सोही अनुरूप जनमत पार्टी मधेश सरकारबाट बाहिरिएको हो।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट