Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्ने तयारीमा राष्ट्रपति

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्ने तयारीमा राष्ट्रपति

  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्ने तयारी गरेका छन् । यसअघि राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएकोमा हिजो स्वीकृतिका लागि पुनस् सिफारिस गरेको थियो ।

    onlinepatrika
    Arghakhachi

    सरकारका प्रवक्ता सस्मित पोखरेलले केही परिमार्जनबिना अध्यादेश जस्ताको तस्तै पठाइएको बताएका छन् ।

    AGNI GROUP

    सरकारबाट पुनस् सिफारिस गरिएपछि राष्ट्रपति अध्यादेश जारी गर्ने निर्णयमा पुगेको स्रोतले बतायो ।

    राष्ट्रपति रामचन्द्र पौडेलले २ दिनअघि बैठक तथा सिफारिसमा राखिएका गणपुरक प्रावधानलगायतको विषयमा पूर्ववत अडानसहित अध्यादेश फिर्ता गरेका थिए ।

    सरकारले संवैधानिक निकायमा नियुक्ति प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउने भन्दै संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा बैठक तथा सिफारिस कार्यविधि सुधारको प्रावधानसहित अध्यादेश स्वीकृतका लागि पठाएको छ ।

    अध्यादेशमा ६ सदस्यीय संवैधानिक परिषद्‍मा ३ जनाले नै निर्णय गर्नसक्ने प्रावधान राखिएको छ । यो प्रावधानले बहुमतले निर्णय गर्ने संवैधानिक व्यवस्था कानुनले खण्डित हुन नहुने राष्ट्रपतिको अडान थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट