Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रास्वपा सभापति लामिछानेले निजी क्षेत्रसँग छलफल गर्दै

रास्वपा सभापति लामिछानेले निजी क्षेत्रसँग छलफल गर्दै

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निजी क्षेत्रसँग छलफलमा बोलाएका छन् । सरकारले उद्योगी तथा व्यवसायीहरूलाई धमाधम पक्राउ गरेपछि त्रसित बनेका निजी क्षेत्रसँग सभापति लामिछानेले छलफल गर्ने लागेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    उनले उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्श लगायतमा आवद्ध उद्योगी तथा व्यवसायीहरूलाई छलफलमा बोलाएका छन् ।

    AGNI GROUP

    एक व्यवसायीका अनुसार लामिछानेले निजी क्षेत्रलाई अर्थतन्त्रबारे छलफल गर्ने भन्दै आइतबार निजी क्षेत्रलाई बोलाएका छन् । उनले पठाएको निमन्त्रणमा व्यावसायिक वातावरण सुधार गर्ने निजी क्षेत्रले भोगिरहेका समस्या र अर्थतन्त्रलाई गति दिन आवश्यक सुझावमाथि छलफल गरिने उल्लेख छ ।

    रास्वपा सरकार गठनपछि धमाधम उद्योगी व्यवसायी पक्राउ पर्न थालेपछि पछिल्लो समय त्रसित छ । व्यवसायीका कुरा पहिले सुन्ने र गलत प्रमाणित भए मात्र थुन्नुपर्ने निजी क्षेत्रको माग छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट