Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

हाम्रो विनम्रतालाई सरकारले कमजोरी नठानोस् : गगन थापा

हाम्रो विनम्रतालाई सरकारले कमजोरी नठानोस् : गगन थापा

  • काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैली र लोकतान्त्रिक मूल्यमान्यतामाथि प्रश्न उठाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे–डे) को अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सरकारलाई विधि र प्रक्रियाको सम्मान गर्न सचेत गराए ।

    AGNI GROUP

    सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति लक्षित गर्दै थापाले संवैधानिक संरचनाको सन्तुलन बिगार्न खोजिएको बताए । संवैधानिक परिषद् राज्यको अंग भएको र यसमा प्रतिपक्षी दलको पनि भूमिका हुने भएकाले यसको बनोट फेर्न खोज्नु अलोकतान्त्रिक भएको उनको तर्क छ ।

    श्रमिक दिवसको सन्दर्भमा थापाले संविधानको धारा १७ र ३४ ले प्रत्याभूत गरेका ट्रेड युनियन र सामूहिक सौदाबाजीको अधिकार कसैको सनक वा लहडमा खोसिन नसक्ने बताए । ट्रेड युनियन आन्दोलनमा व्यापक सुधारको आवश्यकता रहेको स्वीकार गर्दै श्रमिकहरूको हकहितका लागि कांग्रेस प्रतिबद्ध रहेको बताए ।

    यस्तो छ थापाको भनाइ :

    हामी केही समय बोलेनौँ भने त्यो मौनताको बीचमा सत्यको खोजी होला र अरूले बोल्लान् भनेर पर्खिएका थियौँ । तर, अब मौन बस्दा प्रश्नहरू नै मर्ने खतरा देखियो, त्यसैले यो व्रत तोड्नुपर्ने आवश्यकता छ । अतिक्रमण हटाउने अधिकार सरकारलाई छ, तर आफ्ना नागरिकसँग ‘युद्ध अपराधी’ जस्तो व्यवहार गर्न मिल्दैन । कानुनको शासनमा परिणाम जत्तिकै प्रक्रिया पनि महत्त्वपूर्ण हुन्छ । हामी सभ्य र विनम्र भएर प्रश्न गर्छौं, खबरदारी गर्छौं र विकल्प पनि सुझाउँछौँ । तर, सरकारले हाम्रो विनम्रतालाई कमजोरी नठानोस् । हामी नम्र छौँ, तर कमजोर छैनौँ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट