Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

२३ वर्षकी नाओमी ओसाकाले दोस्रोपटक जितिन् अस्ट्रेलियन ओपन

२३ वर्षकी नाओमी ओसाकाले दोस्रोपटक जितिन् अस्ट्रेलियन ओपन

  • काठमाडौँ । जापानकी नाओमी ओसाकाले अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिताको उपाधि जितेकी छिन् । यो उनको दोस्रो अस्टे«लियन ओपन तथा समग्रमा चौँथो ग्रान्ड स्लाम उपाधि हो ।

    images
    images
    images

    फाइनलमा अमेरिकाकी जेनिफर ब्राडीलाई हराउँदै नाओमीले उपाधि जितेकी हुन् । १ घण्टा ३० मिनेटसम्म चलेको खेलमा उनले ६–४ र ६–३ को सोझो जीत दर्ता गराइन् । २५ वर्षीया जेनिफरका लागि यो नै ग्रान्ड स्लामको पहिलो फाइनल खेल थियो । यसअघि युएस ओपनमा पनि उनी नाओमीसँग भिडेकी थिइन्, उक्त सेमिफाइनल खेल पनि नाओमीकै पक्षमा गएको थियो । नाओमीले दुईपटक युएस ओपनको उपाधि पनि जितेकी छिन् । उनले २०१८ र २०२० मा यो उपाधि जितेकी हुन् । त्यस्तै उनी तीनपटक फ्रेन्च ओपन र दुुईपटक बिम्बल्डनको फाइनलमा पुगिसकेकी छिन् । हैटीका बाबु तथा जापानी आमाकी सन्तान नाओमीको जन्म जापानको ओसाकास्थित चुओ–कुमा भएको हो । उनी अहिले महिला एकलतर्फकी विश्व नम्बर एक खेलाडी हुन् । एकलतर्फ विश्व नम्बर एक बन्ने उनी पहिलो एशियाली खेलाडी समेत हुन् । एजेन्सी । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij