Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रभु बैंकले एचआरडीसीलाई गर्‍यो साढे ७ लाख सहयोग

प्रभु बैंकले एचआरडीसीलाई गर्‍यो साढे ७ लाख सहयोग

  • काठमाडौं । प्रभु बैंकले बैंकले बनेपाको हस्पिटल एण्ड रिह्याबिलिटेसन सेन्टर फर डिसेबल्‌ड चिल्ड्रेन (एचआरडीसी)लाई ७ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    एक कार्यक्रमका बीच बैंकका मार्केटिङ म्यानेजर सबिन शमशेर राणाले अस्पतालका प्रमुख प्रशासन अधिकृत प्रकाश कुमार यादवलाई चेक हस्तान्तरण गरेका छन् । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो रकम हस्तान्तरण गरिएको हो ।

    AGNI GROUP

    रकम लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रहरुमा बसोबस गर्ने शारीरिक रुपमा अशक्त तथा विपन्न बालबालिकाहरुको पहिचान, उपचार, शल्यक्रिया, फिजियोथेरापी, सहायक सामग्री वितरण तथा पुनर्स्थापना सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न अस्पताललाई सहयोग पुग्ने बैंकले बताएको छ ।

    नेपालभर ३०० शाखा कार्यालय, २६१ एटीएम साथै ६६ एक्सटेन्सन काउन्टर मार्फत करिब ३६ लाख भन्दा बढी ग्राहकलाई गुणस्तरीय बैंकिङ सेवा प्रदान गरिरहेकोे समेत बैंकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट