Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति एवं पूर्वराज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई तीन दिने स्पष्टीकरण सोधेको छ। तामाङले सभापति गगन थापासँग ३ अर्ब पैसा रहेको दाबी गरेको भिडिओ सार्वजनिक भएको थियो ।
जिल्ला सभापति जस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले पदीय मर्यादाको ख्याल नगरी नेपाली कांग्रेस पार्टी र पार्टीको नेतृत्वका विरुद्ध बदनियत राखी भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको कांग्रेसको निष्कर्ष छ ।
अनुशासन आयोगका सचिव दिनेश थापामगरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘सो कार्य नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा १ (क) (ख) (ग) (ङ) र (च) बमोजिमको अनुशासन उल्लङ्घन भएको देखिएको हुनाले नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ३ (तिन) दिन भित्र केन्द्रीय अनुशासन समितिमा स्पष्टीकरण पेस गर्न निर्देशन गर्दछ ।’
पूर्वसभापति शेरबहादुर देउवा निकट नेता कान्छाराम सांसद तथा पूर्वराज्यमन्त्री समेत हुन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij