Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

स्थानीय तहको हिउँदे अधिवेशन शुरु

स्थानीय तहको हिउँदे अधिवेशन शुरु

  • बझाङ । जिल्लाका स्थानीय तहले हिउँदे अधिवेशन शुरुआत गरेका छन् । अधिवेशनमा पालिकाहरुले आर्थिक वर्ष २०७७÷७८ मा विनियोजित योजना कार्यक्रमको प्रगति साथै समस्या चुनौतीका बारेमा समीक्षा गर्नेछन् ।

    images
    images
    images

    दुर्गाथली गाउँपालिकाले सरोकारवालाको सहभागितामा अधिवेशन गरेको छ । अध्यक्ष प्रयागराज जोशीले  अघिल्ला वर्ष जस्तै यसपाली पनि अधिवेशन शुरु गरेको जानकारी दिनुभयो । विकासका अवस्था, बजेटको खर्च विवरण, कार्यक्रमको उपलब्धि, गुनासा काम गर्दाका समस्याका बारेमा छलफल हुने उहाँले बताउनुभयो । 

    यसका साथै ऐन कानूनको कार्यन्वयनका बारेमा पनि अधिवेशनमा छलफल हुने छ  ।  केदास्युँ गाउँपालिकाले अधिवेशन सम्पन्न गरेको अध्यक्ष ईन्द्र भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ स्थानीय सरकार भइसकेपछि सबै जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला भेला भएर पालिकाको समग्र विकासको प्रगति समीक्षा हुने गरेको छ ।” काम गर्दा जनताबाट आएका गुनासा र समस्याको पनि सभामा छलफल भएका उहाँले बताउनुभयो । उहाँले योजना छिटोछरितो, पारदर्शीता, अनुगमन गर्ने सन्र्दभमा पनि छलफल भएको जानकार दिनुभयो । यही फागुन अन्तिम सातासम्म जिल्लाका सबै पालिकाको हिउँदे अधिवेशन सम्पन्न गरिसक्ने लक्ष्य राखेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij