Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

गगन थापा केन्द्रीय समिति बैठकमा सहभागी नहुने

गगन थापा केन्द्रीय समिति बैठकमा सहभागी नहुने

  • काठमाडौं । नेपाली कांग्रेसको सभापति पदबाट राजीनामा दिएका गगन थापा केन्द्रीय समिति बैठकमा सहभागी नहुने भएका छन्।

    onlinepatrika
    Arghakhachi

    चुनावी पराजयको जिम्मेवारी लिँदै गत बुधबार थापाले सभापति पदबाट राजीनामा दिएका थिए।

    AGNI GROUP

    सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा दिएका हुन्।

    कांग्रेसले आज दिउँसो १ बजे बस्ने गरी केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।

    बैठकमा सहभागी हुन उपसभापति शर्मासहित नेताहरू सानेपास्थित केन्द्रीय कार्यालय पुगिसकेका छन्।

    तर सभापतिबाट राजीनामा दिएका थापा भने आज केन्द्रीय समितिमा सहभागी हुने छैनन्। ‘सभापतिज्यू केन्द्रीय समितिमा सहभागी हुनुहुन्न, सम्भवत: उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बैठक चल्छ,’ एक पदाधिकारीले भने।

    केन्द्रीय समिति बैठकमा सभापति थापाको राजीनामा तथा चुनावी पराजय समीक्षालगायत विषयमा छलफल हुनेछ। 

    कांग्रेसले फागुन २१ को चुनावमा ३८ सिट जितेको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij