Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नागार्जुनबाट हुन्डी कारोबारी पक्राउ

नागार्जुनबाट हुन्डी कारोबारी पक्राउ

  • काठमाडौं । काठमाडौंका नागार्जुन नगरपालिका–८ भिमढुंगाबाट हुन्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न २ जना पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनीहरूलाई  १ करोड १६ लाख नगदसहित पक्राउ गरेको हो । अभौतिक मुद्राको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा परिसरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

    AGNI GROUP

    पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–८ का २८ वर्षीय सागर गिरी र सोही ठाउँका २८ वर्षीय प्रमोद प्रसाद धिताल रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    उनीहरूको साथबाट विभिन्न बैंकको विभिन्न व्यक्तिको नाममा रहेको चेक, विभिन्न व्यक्तिको नाममा काटेको २७ लाख ३० हजार रुपैयाँको चेक, विभिन्न व्यक्तिका नाममा रहेका एटीएम, नागरिकता, २ थान चारपाङ्ग्रे सवारी, दुई पाङ्ग्रे सवारी १ थान, सवारी दर्ता किताब ३ थान, विभिन्न कम्पनीका ६ वटा मोबाइल, ३१ थान सिमकार्ड, १ थान कम्प्युटर लगायतका जिन्सि सामग्री पनि प्रहरीले बरामद गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij