Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कोशी सरकारले स्वीकृत गर्‍यो ‘आयोजना बैंक’ कार्यविधि

कोशी सरकारले स्वीकृत गर्‍यो ‘आयोजना बैंक’ कार्यविधि

  • काठमाडौं । कोशी प्रदेश सरकारले आयोजनाहरूको छनोट तथा प्राथमिकीकरणलाई व्यवस्थित गर्न बैंक सम्बन्धी कार्यविधि स्वीकृत गरेको छ। विराटनगरमा बसेको मन्त्रिपरिषद् बैठकले आयोजना छनोट तथा वर्गीकरण र आयोजना बैंक व्यवस्थापन सम्बन्धी कार्यविधि २०८२’ लाई स्वीकृत गर्ने निर्णय गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    मन्त्रिपरिषद्को आर्थिक, सामाजिक तथा पूर्वाधार समितिबाट परिमार्जन भई आएको उक्त कार्यविधिलाई सरकारले अन्तिम रूप दिएसँगै अब प्रदेशमा योजना छनोट प्रक्रिया थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

    AGNI GROUP

    सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीका अनुसार बैठकले अन्य महत्त्वपूर्ण प्रशासनिक तथा कानुनी निर्णयहरू समेत गरेको छ। बैठकले ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरेको छ ।

    यसैगरी, प्रदेशको व्यावसायिक क्षेत्रलाई नियमन र व्यवस्थित गर्न ‘कोशी प्रदेश निजी तथा साझेदारी फर्म दर्ता दोस्रो संशोधन नियमावली २०८२’ लाई पनि बैठकले स्वीकृत गरेको मन्त्री पराजुलीले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङको हङकङ भ्रमणलाई अनुमति दिँदै आवश्यक स्वीकृतिका लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

    गैरआवासीय नेपाली संघ र नेपाली महिला संघ हङकङको निमन्त्रणामा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन राज्यमन्त्री चेम्जोङ त्यसतर्फ जान लागेकी हुन् । उनको भ्रमणको सम्पूर्ण दैनिक तथा भ्रमण खर्च आयोजक संस्थाले नै बेहोर्ने निर्णयमा उल्लेख गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट