
Jun 09 2025 | २०८२, जेठ २६ गते
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बोलाएको जिल्ला सभापतिहरूको भेला स्थगित हुने भएको छ । केन्द्रीय कार्यसमितिको बैठक बुधवारलाई बोलाइएपछि भेला स्थगित गरिएको हो ।
कांग्रेसले फागुन ७–१० सम्म केन्द्रीय महाधिवेशन गर्ने पूर्वनिर्धारित मिति आइसक्दा पनि अर्को तालिका तोक्न नसकिरहेका बेला पौडेल पक्षले नेतृत्वलाई दबाब दिने रणनीति अनुसार भेला बोलाएको थियो ।
अब आफूहरुको सरोकार केन्द्रीय समितिमा राखिने र त्यहाँ सुनुवाइ नभए फेरि भेला बोलाइने पौडेल पक्षीय जिल्ला सभापति मधु आचार्यले बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij