Logo

Jul 27 2025 | २०८२, साउन ११ गते

Jul 27 2025 | २०८२, साउन ११ गते

विपी कोइराला राष्ट्रिय पुरस्कार २०८१ बाट चार जना पुरस्कृत

विपी कोइराला राष्ट्रिय पुरस्कार २०८१ बाट चार जना पुरस्कृत

  • काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्षको विपी कोइराला राष्ट्रिय पुरस्कार २०८१ चार जनालाई प्रदान गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा ४ जनालाई पुरस्कार वितरण गरिएको हो ।

    images
    images
    images

    पुरस्कृत चारै जनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गरेका थिए ।

    images

    प्रधानमन्त्री ओलीले स्रष्टाहरु नयनसिंह कडायत, मीना सुब्बा, तिलविक्रम नेम्वाङ (वैरागी काईँला) र भुवन ढुङ्गाना कोइरालालाई जनही एक लाख राशीसहित पुरस्कृत गरेका हुन् ।

    प्रधानमन्त्री ओलीले प्रजातन्त्रका लागि राजनीतिक परिवर्तनको झण्डा बोेक्दा आफ्नो निहित स्वार्थ नहेरी जोखिम मोलेर देशको हितमा लाग्ने अघिल्लो पुस्ताका नेता र स्थापित साहित्यिक व्यक्तित्व भएकाले विपीको सम्मानमा सरकारले पुरस्कार स्थापना गरेको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij