Logo

Jul 27 2025 | २०८२, साउन ११ गते

Jul 27 2025 | २०८२, साउन ११ गते

अख्तियार प्रमुखविरुद्ध अख्तियारमै उजुरी दर्ता

अख्तियार प्रमुखविरुद्ध अख्तियारमै उजुरी दर्ता

  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी दर्ता भएको छ । युवराज सफलले अख्तियार प्रमुख राईमाथि छानबिनको माग गर्दै आज उजुरी दर्ता गराउनुभएको हो ।

    images
    images
    images

    युवराज सफलले अख्तियार प्रमुख प्रेमकुमार राई वाइडबडी जहाज घोटाला, नेपाल आयल निगम जग्गा घोटाला, नक्कली भूटानी शरणार्थी प्रकरण लगायतमा मुछिएका भन्दै आवश्यक छानबिन गर्न माग गर्नुभएको छ ।

    images

    विशेष अदालतले केही दिनअघि अख्तियारले दायर गरेको वाइडबडी जहाज खरिद प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै अख्तियार प्रमुख प्रेम राईकै भूमिकामाथि प्रश्न उठाएको थियो । अख्तियारले ‘चयनमुखी अभियोजन’ गरेको भन्दै अदालतले राईमाथि प्रश्न उठाएको हो ।

    अख्तियारले २०८० साल चैत २२ गते एक अर्ब ४७ करोड १० लाख ८५ हजार ८४२ रुपैयाँ बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

    २०७३ साल वैशाख २ गते तत्कालीन सचिव प्रेमकुमार राईको अध्यक्षतामा निगमनको सञ्चालक समिति बैठक बसेको थियो । त्यस बैठकले निगमका लागि दुई वटा वाइडबडी जहाज खरिद गर्न उपसमिति गठन गर्ने निर्णय गरेको थियो । तर अख्तियारले दायर गरेको आरोपपत्रमा भने त्यस निर्णयबारे कुनै विवाद नगरेको अदालतको टिप्पणी छ ।

    images

    विशेष अदालतको टिप्पणीले राईमाथि राजीनामाको दबाव बढिरहेका बेला अख्तियारमै मुद्दा दर्ता भएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij