Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनमा पराजयका कारणहरुसहित चुनावी समीक्षा बुझाउनले परिपत्र गरेको छ ।
सबै प्रदेशका प्रदेश कार्यसमितिका सभापति, सबै जिल्लाका जिल्ला कार्यसमितिका सभापति र सबै उम्मेदवारहरूहरुलाई कांग्रेसले परिपत्र गर्दै फागुन २१ गतेको निर्वाचनपछि प्राप्त निर्वाचन परिणामको समीक्षा, पराजयका कारणहरू, अनुभव, सुझाव तथा आगामी दिनमा सुधार गर्नुपर्ने विषयहरू समेटी सम्बन्धित प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति तथा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारहरूले आ(आफ्नो तर्फबाट विस्तृत समीक्षा प्रतिवेदन तयार गरी केन्द्रीय कार्यालयमा पठाउन अनुरोध गरेको हो ।
अनुशासन समितिको विवरण र निर्वाचन समिक्षा प्रतिवेदन २०८२ चैत्र ३ गते भित्र केन्द्रीय कार्यालयमा पठाइसक्नु पर्ने भनिएको छ । पार्टी संगठनलाई अझ सुदृढ एवं प्रभावकारी बनाउने उद्देश्यले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न अनुरोध गरेको छ ।
पार्टी सदस्यहरूको व्यापक सहयोग, साथ र समर्पण हुँदाहुदै पनि निर्वाचन परिणाम पार्टीले अपेक्षा गरे अनुसार आउन नसकेको यथार्थ सबैका लागि आत्मसमीक्षाको विषय बनेको कांग्रेसले जनाएको छ । निर्वाचन परिणाम समेत प्रकाशित भैसकेको वर्तमान अवस्थामा प्रदेश, जिल्ला र उम्मेदवारहरूतत्काल समीक्षा प्रतिवेदन पठाउन निर्देशन दिएको हो ।
साथै नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा ३४ को उपधारा ९३० बमोजिम जिल्ला अनुशासन समिति तथा सोही धाराको उपधारा ९५० बमोजिम प्रदेश अनुशासन समिति गठन भएका जिल्लाहरूले अनुशासन समितिको संयोजक र सदस्यहरूको नाम, सम्पर्क नम्बर यथाशीघ्र पार्टी केन्द्रीय कार्यालयमा पठाउनु अनुरोध गरेको छ । ।
यदि उक्त समितिहरू गठन भई नसकेको भए सम्बन्धित जिल्ला तथा प्रदेश कार्यसमितिले अनुशासन समिति गठन गरी संयोजक तथा सदस्यहरूको नाम र सम्पर्क मोबाइल नम्बर सहितको विवरण आधिकारिक रूपमा केन्द्रीय कार्यालयमा पठाउन भनेको छ ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij