Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपा र राप्रपाको बैठक बस्दै

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपा र राप्रपाको बैठक बस्दै

  • काठमाडौँ । निर्वाचनबाट आरामदायी बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज आफ्ना समानुपातिक सांसदहरुको टुंगो लगाउँदै छ । पार्टीको सचिवालय बैठक बसेर निर्वाचन आयोगले दिएको कोटा अनुसार सांसदहरु सिफारिस गर्न लागिएको हो ।

    onlinepatrika
    Arghakhachi

    रास्वपाले समानुपातिकमा ५७ सिट जितेको छ, जसमा ४८ जना महिला र ९ जना पुरुष सांसदहरु निर्वाचन गर्नुपर्ने हुन्छ । समानुपातिक सांसद छनोटका लागि हिजो सचिवालय वैठक डाकिएको भए पनि सभापति रवि लामिछानेको अस्वस्थताका कारण आजका लागि सारिएको थियो । आज १०ः३० बजेबाट पार्टी कार्यालय घन्टीघरमा बैठक सुरु हुँदैछ ।

    AGNI GROUP

    राष्ट्रिय मान्यताप्राप्त पाचौँ दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि समानुपातिक सांसद छान्न आजै कार्यसम्पादन समितिको बैठक डाकेको छ । पार्टी कार्यालयमा ११ बजेदेखि बैठक सुरु हुने महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij