Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्नका लागि बजारबाट ३० अर्ब रुपैयाँ उठाउन लागेको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै २८ दिनका लागि बजारबाट ३० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरणमार्फत उठाउन लागेको जनाएको हो ।
बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आह्वान गरेको छ ।
बुधबार अपरान्ह अनलाईनमार्फत बोलकबोल हुने छ । यसको ब्याजदर बोलकबोलबाटै निर्धारण हुने र साँवा र ब्याज भुक्तानी यही चैत २५ गते हुने सूचनामा उल्लेख छ ।
बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।
निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलकबोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राखी क्रमशः बाँडफाँट गरिने पनि राष्ट्र बैंकले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij