Jun 04 2026 | २०८३, जेठ २१ गते
सुर्खेत । दैलेख–१ मा मतगणना सुरु भएको छ । सर्वदलीय बैठक सम्पन्न भएसँगै मतगणना सुरु भएको हो ।
जिल्ला अदालतमा मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए ।
दैलेख-१ मा एमालेका रविन्द्रराज शर्मा, नेपाली काँग्रेसकी बास्ना थापा, नेकपाका अम्मर बहादुर थापा र रास्वपाका नन्दकिश्वर बस्नेत उम्मेदवार छन् ।
यस्तै दैलेख-२ मा बिहान ११ बजेबाट मतगणना हुने बताइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij