
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखमा हुने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ५० लाख मत प्राप्त गर्ने दाबी गरेका छन् । बुटवलमा आयोजित सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको नेकपाले समानुपातिकतर्फ ५० लाख मत प्राप्त गर्ने दाबी गरेका हुन् ।
उनले भने, ‘मतपत्रको बाकस खोलेर गनौँ न, कसको समर्थनमा कति भन्ने ? हामी समानुपातिकतर्फ ५० लाख मत ल्याउँछौँ । घटाएर देखाउनुहोस् न त्यो मत ।’
साथै उनले सभामा आएका मान्छे किन गन्ने मतपत्र गनौ न भनेका छन् । त्यस्तै उनले प्रत्यक्षतर्फ बहुमत ल्याउने दाबी गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij