Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भोजपुरमा सेना चढेको गाडी दुर्घटना

भोजपुरमा सेना चढेको गाडी दुर्घटना

  • काठमाडौं । भोजपुरमा नेपाली सेनाको बस दुर्घटना भएको छ । निर्वाचन सुरक्षार्थ बेस क्याम्प स्थापनाका लागि टेम्केमैयुङ गएको श्रीनाथ गणको टोली सवार ना.४ ख ७३१७ नम्बरको बस भोजपुर नगरपालिका-४ दावाँस्थित सेती बगरमा दुर्घटनामा परेको हो ।

    onlinepatrika
    Arghakhachi

    उक्त दुर्घटनामा २४ जना घाइते भएका छन् । एक जमदार र सैनिक कर्मचारी गरी २ जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी राजु लामाले जानकारी दिए । उनका अनुसार बसमा जम्मा २६ जना सवार थिए ।

    AGNI GROUP

    दुर्घटनामा ९ जना जति गम्भीर घाइते भएको उनले बताए । उनीहरूलाई थप उपचारका लागि काठमाडौं लैजान २ वटा हेलिकप्टर मगाइएको छ । बाँकीको अवस्था सामान्य रहेको र भोजपुर अस्पतालमा उपचार भइरहेको छ ।

    उक्त बस सडकबाट ५ सय मिटर तल खसेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट