Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

भुजुङ्ग हाइड्रोपावरको आईपिओ बाँडफाँड

भुजुङ्ग हाइड्रोपावरको आईपिओ बाँडफाँड

  • काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आइपिओ बाँडफाँड गरिएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले आइपिओ आज बिहान बाँडफाँड गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    जस अनुसार ८३ हजार लगानीकर्ताले १०–१० कित्ताका दरले कम्पनिको शेयर पाएका छन् । बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार आवेदन दिने कुल २५ लाख ७९ हजार ९२० लगानीकर्ता मध्ये २५ लाख ३९ हजार ८९२ आवेदन स्वीकृत भएका थिए । त्यस्तै ४० हजार २८ आवेदन अस्वीकृत भएका थिए । योसँगै २४ हजार ५६ हजार ८९२ जना लगानीकर्ताको हात खाली भएको छ ।

    AGNI GROUP

    यहि माघ १२ गतेदेखि १५ गतेसम्म आइपिओ खुला गरिएको थियो । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये कम्पनीले १० लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र १ लाख कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ ।

    कम्पनीले दोस्रो चरणमा कर्मचारीहरुका लागि २० हजार कित्ता र सामूहिक लगानी कोषहरुका लागि ५० हजार कित्ता शेयर सुरक्षित राखी बाँकी रहेको ८ करोड ३० लाख रुपैयाँबराबरको ८ लाख ३० हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो ।

    आईपीओको नतिजा सिडीएसीको आइपिओ रिजल्ट, मेरोशेयर र कुमारी क्यापिटल लिमिटेडको वेभसाइटमा हेर्न सकिने छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij