Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रुपन्देही क्षेत्र नम्बर १ पुगेर फागुन २१ केवल मिति मात्र नभइ इतिहास बन्ने दाबी गरेका छन् । उनले फागुन २१ मा हुन लागेको निर्वाचनबारे बोल्दै भने, ‘तपाईंको घरको भित्तामा कति वटा क्यालेन्डर फेरिए मलाई थाहा छैन । हरेक वर्ष फागुन २१ आयो, तर यस पटकको फागुन २१ केवल मिति होइन, इतिहास हो ।’
लामिछानेले आफू चुनावी भाषण गर्न नभइ जनताको मनभित्र रहेको आशालाई जीवित राख्न आएको बताए । उनले भने, ‘म चुनावी भाषणका लागि आएको होइन, जनताको मनमा बलिरहेको दियोमा अलिकति तेल हाल्न आएको हुँ ।’
रुपन्देही १ मा रास्वपाको उम्मेदवार सुनिल लम्सालको पक्षमा मत माग्दै उनले मतदातालाई प्रत्यक्ष र समानुपातिक दुवैमा स्पष्ट निर्णय गर्न आग्रह समेत गरेका छन् ।
उनले मतदाताले प्रत्यक्षमा एक दल र समानुपातिकमा अर्को दललाई मत दिने कुरा गरिरहेको भन्दै यस्तो प्रवृत्तिले भ्रष्टाचारको पूर्ण रूपमा अन्त्य नहुने बताए । ‘तपाईंहरूलाई भ्रष्टाचार आधा मात्र नियन्त्रण गर्नु छ कि पूरै ?’ भन्दै उनले प्रश्न गरे ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij