Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । जिल्ला प्रशासन कार्यालय झापाले फागुन २१ मा हुने निर्वाचनमा कसलाई मत हाल्नु हुन्छ भनेर सोध्न निषेध गरेको छ ।
सूचना प्रकाशित गर्दै प्रशासन कार्यालयले फेसबुक, युट्युव लगायतका सामाजिक सञ्जालको प्रयोग गरी केही अनलइन सञ्चार माध्यमले सर्वसाधारण तथा मतदाताहरूसँग के कुन दल वा उम्मेदवार वा निर्वाचन चिह्नमा मतदान गर्नुहुन्छ भन्ने प्रश्न गरी मतदाताको गोपनीयता भङ्ग गर्ने कार्य गरिरहेको बताउदै उक्त कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ ९द० बमोजिम आचारसंहिता उल्लङ्घनको कार्य भएको हुँदा यो सूचना जारी भए पश्चात् कोही कसैबाट यस प्रकारको कार्य भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही गर्ने बताएको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij