Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

भुजुङ्ग हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि निष्कासन

भुजुङ्ग हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि निष्कासन

  • काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँको २० लाख कित्ता सेयर निष्काशन गरेको हो । जसमा १० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय, १ लाख कित्ता सेयर साधारणका लागि निष्कासन गरेको छ ।

    AGNI GROUP

    यस्तै कम्पनीका कर्मचारीलाई २० हजार कित्ता, सामूहिक लगानी कोषका लागि ५० हजार कित्ता सेयर निष्कासन गरेको छ । अब बाँकी रहेको ८ करोड ३० लाख रुपैयाँको ८ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

    आईपीओमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओमा माघ १५ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा माघ २६ गतेसम्म आवेदन दिन सकिने छ ।

    यसको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन पाउनेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij