Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

सशस्त्रका दुई डीएसपी सम्मानित

सशस्त्रका दुई डीएसपी सम्मानित

  • काठमाडौं । २५ औँ सशस्त्र प्रहरी दिवसका अवसरमा दुई डीएसपी ‘बेष्ट ईन्टीग्रीटी अवार्ड’ र एपिएफ सम्मानबाट सम्मानित भएका छन् । ‘बेष्ट ईन्टीग्रीटी अवार्ड’ बाट डीएसपी लोकेन्द्र सुब्बा र एपिएफ सम्मानबाट दीपक कोइराला सम्मानित भएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार सशस्त्रको हलचोकस्थित प्रधान कार्यालयमा आयोजित प्रभातकालीन विशेष समारोहमा आईजीपी राजु अर्यालले सो पुरस्कार प्रदान गरेका हुन् ।

    AGNI GROUP

    ‘बेस्ट ईन्टिग्रिटी अफिसर अवार्ड’ कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण गर्नुभएका डीएसपी सुमन थपलियाको स्मृतिमा स्थापना गरिएको हो । उक्त अवार्डको राशी २५ हजार रुपैयाँ छ । अवार्ड पाउने डीएसपी सुब्बा सशस्त्रको नं. ३७ रिजर्भ गण, पकली, सुनसरीमा कार्यरत छन् ।

    उनले विराटनगरको रानी, सिरहाको मार्डर र पर्साको वीरगञ्ज भन्सार गुल्मको कमाण्ड सम्हाल्दा राजश्व संकलन र तस्करी नियन्त्रणमा उल्लेखनीय योगदान पुर्‍याएका थिए ।

    एपीएफ सम्मानबाट सम्मानित डीएसपी दीपक कोइराला विभिन्न जिम्मेवारीमा इमान्दार, अनुशासित र बहुआयामिक व्यक्तिको रूपमा चिनिन्छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij