Jun 07 2026 | २०८३, जेठ २४ गते
ललितपुर । धापाखेल वडा नं. २३ मा ६ दिवसीय चित्रकला शिविर र प्रतियोगिता सम्पन्न भएको छ । स्थानीय बालबालिकामा कलात्मक सीप विकास गर्ने उद्देश्यले वडा २३ सँग क्रियटिभ हबको सहकार्यमा चित्रकला शिविर भएको हो ।
पुस २७ देखि माघ ३ सम्म भएको चित्रकला शिविरको रौनक देखेपछि वडाध्यक्ष जीवन महर्जनले बालबालिकाको सक्रियता र उनीहरुको उत्साह देखेपछि निकै खुशी लागेको अनलाइन पत्रिकालाई बताए ।

सामान्यतया मोबाइलमा समय बिताउने बालबालिकाले यति सृजनात्मक काम गर्न सक्छन् भन्ने कल्पना कमै थियो । क्रियटिभ हबको समूहले अत्यन्तै रमाइलो र सहज वातावरण सिर्जना गर्दै सबै बालबालिकाको सृजनशीलता बाहिर ल्याउन सफल भयो, जसले अभिभावकहरूलाई समेत आश्चर्यमा पार्यो । यस कार्यक्रमले सबैमा खुशी र सन्तुष्टिको अनुभूति गराएको छ ।
क्रियटिभ हब संस्थाका संस्थापक गोपाल आले मगरले स्थानीयस्तरसँगको समन्वय र साझेदारी सफल भएको बताउँदै भने, 'सिंगो ललितपुरमा यस्ता कार्यक्रमहरूको लागि पहल हुनु आवश्यक छ ।'
बालबालिकाहरुलाई मौलिक लिम्बु, जोत्सना उदास, सदिश्री थापा र निलिमा महर्जनले चित्रकलाको प्रशिक्षण दिएका थिए ।
महालक्ष्मीस्थान ललितपुरमा केन्द्रिय कार्यालय रहेको क्रियटिभ हब संस्थाका संस्थापक गोपाल आले मगरले स्थानीयस्तरसँगको समन्वय र साझेदारी सफल भएको बताउँदै भने, 'सिंगो ललितपुरमा यस्ता कार्यक्रमहरूको लागि पहल हुनु आवश्यक छ ।'
पुस २७ देखि माघ ३ सम्म भएको चित्रकला शिविरको रौनक देखेपछि वडाध्यक्ष जीवन महर्जनले बालबालिकाको सक्रियता र उनीहरुको उत्साह देखेपछि निकै खुशी लागेको अनलाइन पत्रिकालाई बताए ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij