Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

प्रकाश ज्वालाले पाएनन् टिकट, सल्यानमा नेकपाबाट रमेश मल्ल उम्मेदवार

प्रकाश ज्वालाले पाएनन् टिकट, सल्यानमा नेकपाबाट रमेश मल्ल उम्मेदवार

  • काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले सल्यानमा रमेश मल्ललाई उम्मेदवार बनाएको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले मल्ललाई टिकट थमाएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    मल्ल यसअघि लामो समय प्रचण्डको सचिवालयमा बसेर काम गरेका थिए । मल्लले टिकट पाएको यो क्षेत्र नेकपा नेता प्रकाश ज्वालाको क्षेत्र पनि हो । गएको निर्वाचनमा सल्यानबाट ज्वाला विजयी भएका थिए। लामो रस्साकस्सीपछि आज प्रचण्ड माधवले उम्मेदवार टुङ्ग्याएका हुन् ।

    AGNI GROUP

    मल्लको नाम टुङ्गिएपछि ज्वालाले सल्यानबाट सिफारिस भएका उम्मेदवारहरूबीचको सहमति र वर्तमान परिस्थिति एवं समयको मागलाई समेत ध्यानमा राखेर उम्मेदवार टुङ्गो लगाएको जनाएका छन् ।

    उनले यो निर्वाचनमा पार्टीलाई जिताउन सक्रियतापूर्वक लाग्न पनि आग्रह गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij