Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

टुँडिखेलमा मगर समूदायको सांस्कृतिक र्‍याली

टुँडिखेलमा मगर समूदायको सांस्कृतिक र्‍याली

  • काठमाडौं । माघे सङ्क्रान्ति पर्वका अवसरमा काठमाडौंमा बसोबास गर्दै आएका मगर समूदायले सांस्कृतिक र्‍याली निकालेका छन् ।

    onlinepatrika
    Arghakhachi

    नेपाल मगर संघ केन्द्रीय समितिको आयोजना र विभिन्न संघसंस्थाको सहभागीतामा बिहीबार मगर समूदायले काठमाडौंको भृकुटीमण्डपबाट टुँडिखेलसम्म सांस्कृतिक र्‍यालीको आयोजना गरेका हुन् ।

    AGNI GROUP

    माघे सङ्क्रान्ति विशेषतः मगर जातिमा चेलिबेटीको चाड हो । सकरातीमा मगर जातिका कुलदेवताको पूजाआजा गरिन्छ । चेलीलाई पुज्न माघे सङ्क्रान्तिको दिन बिहान दाजुभाइले नुहाएर खालीपेटमा कुल–कुलायन र पुर्खालाई पूजा गरेपछि दिदीबहिनीलाई टीका लगाइदिएर दानदक्षिणा गरी उपहार दिने चलन छ ।

    तरुल, फलफूल, सेल, तरकारीलगायतका परिकार मिलाएर बनाइएको उपहारलाई मगर समुदायमा मिश्रा वा निस्रो ९उपहार वा प्रसाद० दिने भनिन्छ ।

    मगर समूदायका मौलिक संस्कृतिहरु नेपाल सरकारको राष्ट्रिय सूचीमा सुचिकृत गराउदै विश्वव्यापी बनाउने उदेश्यका साथ मगर संघले टुँडिखेलमा मौलिक सांस्कृतिक राष्ट्रिय महोत्सव समेत आयोजना गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट