Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माबीचको निर्णायक भनिएको वार्ता सकिएको छ ।
देउवा सभापतिको पद नछोड्ने अडान लिएपछि महाराजगन्जमा भएको वार्ता सकारात्मक भएन । वार्तामा देउवा सभापतिबाट अहिले नै राजीनामा दिन तयार नभएको बताइएको छ ।
देउवाले राजीनामा नदिने र भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन बारे चासो नै नदेखाएको स्रोतले बतायो । कांग्रेस नेता रमेश लेखकले सभापति देउवाले टिकट बाड्ने पत्रमा हस्ताक्षर गर्नबाट पछि हट्न लचक भएको बताएका छन् ।
तर यस अघि राष्ट्रिय सभाको टिकट दिदा र प्रतिनिधिसभाको समानुपातिक सूचीमा देउवाकै हस्ताक्षर भएकाले अब प्रतिनिधिसभाको टिकट वितरणमा गर्ने हस्ताक्षरले मात्र के अर्थ राख्छ भन्दै महामन्त्रीद्वय सहमत नभएको बुझिएको छ ।
करिब एक घण्टाको छलफलबाट निष्कर्ष ननिस्किएपछि महामन्त्रीद्वय देउवा निवासबाट बाहिरिएका छन् ।
यसअघि मंगलबार भएका वार्ता र छलफलमा अन्य विषयमा संस्थापन पक्ष लचक भएपनि सभापति देउवाले नेतृत्व छोड्नु पर्न विषयमा सहमत नभएपछि कुरा मिलेको थिएन ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij