Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरी पृथ्वीजयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन निमन्त्रणा दिएको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीनिवास बालुवाटारमा आज (बिहीबार) भेट गरी यही २७ पुसमा पृथ्वीजयन्तीका अवसरमा आयोजना हुने चियापान समारोहमा सहभागिताका लागि निम्तो गरेको राप्रपाका प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए। सोही अवसरमा प्रधानमन्त्री कार्कीले चियापानमा सहभागी हुने प्रतिबद्धता व्यक्त जनाएको श्रेष्ठको भनाइ छ।
राष्ट्रनिर्माता पृथ्वीनारायणको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस यही २७ पुसमा मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायणले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिन्छ ।
दिवसका अवसरमा प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम ढोकाअगाडिको पृथ्वीनारायणको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिन्छ । तत्कालीन गोरखाका राजा पृथ्वीनारायणले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसेचौबीसे राज्यलाई एकीकृत गरेका थिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij