Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

ताप्लेजुङ केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प

ताप्लेजुङ केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प

  • ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३५ बजे ५।४ रेक्टर स्केलको भूकम्प गएको हो । नेपालको ओलाङचुङगोला र चीनको सीमामा भूकम्प गएको अनुसन्धान केन्द्रले जानाएको छ ।

    images
    images
    images

    ताप्लेजुङ सदरमुकामसम्म नै भूकम्पको धक्का महसुस गरिएको स्थानीयवासी विवश केदेमले बताउनुभयो । ओलाङचुङगोलामा भूकम्पले पूरै घर हल्लाए पनि कुनै क्षति नभएको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन लामाले जानकारी दिनुभयो । घर हल्लिएपछि मान्छे घर बाहिर निस्केको तर कुनै क्षति नभएको लामाले जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij