Logo

Jul 26 2025 | २०८२, साउन १० गते

Jul 26 2025 | २०८२, साउन १० गते

मकवानपुरबाट फरार दुई पक्राउ

मकवानपुरबाट फरार दुई पक्राउ

  • हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले वन मुद्दा र बैंकिङ कसुर मुद्दामा लामो समयदेखि फरार दुई जनालाई पक्राउ गरेको छ । जिल्ला अदालत मकवानपुरले विसं २०७० जेठ १९ गते वन मुद्दामा दोषी ठहर गर्दै १६ दिन कैद भुक्तान गर्न बाँकी रही फरार मकवानपुर मनहरि गाउँपालिका–६ का ३४ वर्षीय सञ्चलाल घलानलाई सोमबार पक्राउ गरेको हो ।

    images
    images
    images

    त्यसैगरी बैंकिङ कसुर मुद्दामा जिल्ला अदालतले २०७६ माघ २५ गते दोषी ठहर गर्दै चार लाख १८ हजार २५० जरिवाना तोकेको फरार रहेका मनहरि गाउँपालिका–६ का ३५ वर्षीय विनोद प्रजालाई पक्राउ गरेको छ । पक्राउ परेका दुवैलाई सजाय भुक्तानका लागि जिल्ला अदालत मकवानपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij