Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

थरुहट आन्दोलनलाई रास्वपाले आत्मसात् गर्छ : रवि लामिछाने

थरुहट आन्दोलनलाई रास्वपाले आत्मसात् गर्छ : रवि लामिछाने

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले थरुहट/थारुवान् आन्दोलनलाई आफ्नो पार्टीले आत्मसात् गर्ने बताएका छन्। 

    onlinepatrika
    Arghakhachi

    सोमबार यहाँ आयोजित रास्वपाको राजनीतिक समायोजन घोषणा सभालाई सम्बोधन गर्दै उनले आत्मसात् मात्र नभई त्यसप्रति जिम्मेवारी लिने प्रतिबद्धतासमेत व्यक्त गरे। थरुहट नेताहरूलाई रास्वपामा भित्र्याउन रविले टिकपुर घटनालाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार्ने गरी समायोजन सहमति पत्रमा हस्ताक्षर गराए। 

    AGNI GROUP

    सहमति पत्रमा भनिएको छ, 'टिकापुर आन्दोलनलाई राजनीतिक आन्दोलनको रूपमा स्विकार्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा संघीय सरकार निर्माण भएपछि शान्ति सुरक्षासँग सम्बन्धित सबै उच्चस्तरीय आयोगको सिफारिसको उचित कार्यान्वयन गर्ने।'

    रविले समयमै निर्वाचन सम्पन्न गरी वर्तमान समस्याको निकास दिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए। उनले मुलुकलाई निर्वाचनतर्फ लैजान सबै पक्षलाई आग्रह गर्दै बिथोल्ने प्रयास नगर्न चेतावनीसमेत दिए।

    “चुनाव सर्छ कि, हुँदैन कि भन्ने अन्योल सिर्जना गर्ने काम नगर्नुहोस्। निर्वाचन नै मुलुकलाई निकास दिने माध्यम हो,” सभापति लामिछानेले भने, “देशले सुनौलो भविष्य कोर्न लागेको बेला अवरोध गर्ने होइन।”

    उनले नयाँ पुस्ताको राजनीतिमा प्रवेशले देशमा सकारात्मक ऊर्जा थपिएको उल्लेख गर्दै रास्वपासँग जोडिनुभएका काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहको उदयले युवाहरूमा राजनीतिप्रतिको चासो बढाएको बताए। सभापति लामिछानेले यो इतिहासको संवेदनशील मोडमा देशले राम्रो इतिहास लेख्न लागेको धारणा व्यक्त गरे।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट