Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

घिसिङ रास्वपाको उपसभापति, ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’– बालेन

घिसिङ रास्वपाको उपसभापति, ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’– बालेन

  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रास्वपा सभापति रवि लामिछाने र ऊर्जामन्त्री कुलमान घिसिङसँगको तस्वीर सेयर गर्दै नेपाल हाँसेको हेर्न चाहेको बताएका छन् । 

    onlinepatrika
    Arghakhachi

    रास्वपामा प्रवेश गर्न बार्गेनिङ गर्दै आएका उर्जामन्त्री एवं उज्यालो नेपाल पार्टीका नेता कुलमान घिसिङ लचक भएर पार्टीमा समाहित भएपछि बालेनले ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ भन्दै तीन जनाको तस्वीर सार्वजनिक गरेका हुन् ।

    AGNI GROUP

    घिसिङले रवि लामिछाने नेतृत्वमा रास्वपामा उपसभापति पाउने भएका छन् । रास्वपासँग कुरा मिलेपछि घिसिङको पार्टी रास्वपामा विलय भएको छ । उनी पार्टीमा दोस्रो वरियतामा रहने छन् । 

    रास्वपाले बालेनलाई भावी सभापतिको उम्मेदवारको रुपमा प्रस्तुत गरिसकेको छ । आज रास्वपा सभापति रवि लामिछाने, घिसिङ र बालेन शाहबीच भएको वार्तापछि उक्त सहमति जुटेको हो । सहमति पत्रमा रवि, बालेन र उज्यालो नेपालका अध्यक्ष अनुप उपाध्यायले हस्ताक्षर गरेका छन् ।

    सात बुँदे सहमतिको पाँचौं बुँदामा उज्यालो नेपाल अभियानको अपनत्व रास्वपाले लिने उल्लेख छ । एकतापश्चात् उज्यालो नेपालमा आबद्ध युवा अभियन्ता र अनुभवी विज्ञलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने भनिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij