Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

न्युजिल्यान्ड पठाउने भन्दै १० लाख ठग्ने पक्राउ

न्युजिल्यान्ड पठाउने भन्दै १० लाख ठग्ने पक्राउ

  • काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै १० लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेमा सुनसरी इनरुवा नगरपालिका–१ घर भई हाल काठमाडौँ कीर्तिपुर नगरपालिका–११ बस्ने ३८ वर्षीय विशाल कटुवाल रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

    AGNI GROUP

    बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि न्युजिल्यान्ड लैजाने भन्दै ठगी गरी सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ निजलाई पक्राउ गरिएको उहाँले बताए ।

    कीर्तिपुरबाट पक्राउ परेका कटुवाललाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता आचार्यले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij