Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको निर्वाचन नलड्ने घोषणा गरेकी छन् । उनले समानुपातिक र प्रत्यक्ष दुवै निर्वाचन प्रणालीमा उम्मेदवार नबन्ने घोषणा गरेकी हुन् ।
समाजिक सन्जाल फेसबुकमा लेखेकी छन्, ‘फागुन २१ मा हुने निर्वाचनमा मलाई प्रत्यक्ष र समानुपातिक उम्मेदवारका रूपमा ललितपुरसहित देशका विभिन्न क्षेत्रबाट आएको प्रस्तावलाई मैले स्वीकार गरिन । प्रस्ताव गर्ने सबै साथीहरूलाई हार्दिक धन्यवाद !’
तत्कालीन माओवादीबाट दुईपटक प्रत्यक्ष निर्वाचित भएर मन्त्री समेत बनिसकेकी भुसालले अब त्यो अनुभवलाई पार्टीमा उपयोग गर्ने बताएकी छन् । ‘म पहिले नै दुई पटक प्रत्यक्ष निर्वाचन जितिसकेको छु र पटक–पटक मन्त्री भएर काम गर्ने अवसर पनि पाइसकेको छु । अब त्यो राजनीतिक अनुभव र सिकाइ पार्टीभित्र संस्थागत रूपमा उपयोग गर्नुपर्छ भन्ने मेरो ठम्याइ छ ।’
उनले आगामी निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्ने बताएकी छन् ।
तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष चुनाव जित्ने उनी एक्ली महिला उम्मेदवार हुन् । २०७९ को निर्वाचनमा उनी ललितपुर क्षेत्र नम्बर ३ मा रास्वपा उम्मेदवार तोसिमा कार्कीसँग पराजित भएकी थिइन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij