Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मेयरबाट राजीनामा दिने बालेनको तयारी

मेयरबाट राजीनामा दिने बालेनको तयारी

  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले मेयर पदबाट राजीनामा दिने भएका छन् । फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्ने भएपछि बालेनले दुई हप्तापछि मेयरबाट राजीनामा दिने तयारी गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    आईतबार बिहान मेयर बालेन र रास्वपा सभापति रवि लामिछाने बिच ७ बुँदे सहमति भएको थियो । जसमा बालेन रास्वपाबाट चुनाव लड्ने, संसदीय दलको नेता बन्ने र प्रधानमन्त्री हुने सहमति भएको थियो । जसको लागि बालेनले माघ ६ गते भित्र महानगरको जिम्मेवारीबाट राजीनामा दिनुपर्ने कानुनी बाध्यता रहेको छ ।

    AGNI GROUP

    महानगरमा बालेनको कार्यकाल अझै १६ महिना बाँकी छ । तर उम्मेदवार हुने भएपछि उनले दुई हप्ताभित्र राजीनामा दिने तयारी गरेका बालेनका निकट स्रोतले बतायो ।

    बालेनले राजीनामा दिएपछि उपमेयर सुनिता डंगोलले कार्यवाहक नेतृत्व सम्हाल्नेछिन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij