Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

यस्तो छ हलिवुड फिल्म अवतार: फायर एण्ड एश' को विश्वव्यापी कमाई

यस्तो छ हलिवुड फिल्म अवतार: फायर एण्ड एश' को विश्वव्यापी कमाई

  • काठमाडौँ । हलिवुडका चर्चित निर्देशक जेम्स क्यामरुनको नयाँ फिल्म अवतार फ्रान्चाइजीको तेस्रो फिल्म अवतार: फायर एण्ड एश' ले बक्स अफिसमा औसत शुरुवात गरेको छ । यस फिल्मले घरेलु बक्स अफिसमा पहिलो तीन दिनमा ८८ मिलियन डलर कमाई गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    विश्लेषकहरूको अपेक्षाअनुसार यस फिल्मले तीन दिनमा सय मिलियन भन्दा बढी कमाउने अपेक्षा गरेको बताए पनि फिल्मले ८८ मिलियन डलर मात्र कमाएको छ ।

    AGNI GROUP

    अवतारको पहिलो सिरिजले २००९ मा रिलिजको पहिलो तीन दिनमा ११५ मिलियन डलर कमाएको थियो । त्यस्तै २०२२ मा रिलिज भएको दोस्रो सिरिज अवतार: द वे अफ वाटर' ले घरेलु बक्स अफिसमा १३४ मिलियन डलर कमाएको थियो । यसअर्थमा अवतारको तेस्रो सिरिजले निर्मातालाई केहि हदसम्म निराश बनाएको छ । करिब ४०० मिलियन डलरको लागतमा बनेको यस फिल्मले अन्तर्राष्ट्रिय रूपमा भने उत्साहजनक कमाई गरेको छ । 

    अमेरिका बाहिर फिल्मले लगभग २५७ मिलियन डलर कमाएको छ, जसले गर्दा यसको विश्वव्यापी ओपनिङ ३४५ मिलियनमा पुगेको छ । यो सम्भवतः बिदाको समयमा र जनवरीमा चल्दै जाँदा चलचित्र हेर्नेहरूका लागि शीर्ष आकर्षण रहने अनुमान गरिएको छ ।

    हालैका वर्षहरूमा स्ट्रिमिङ सेवाहरूका कारण चलचित्र थिएटरको उपस्थिति घटेकोले बक्स अफिस कलेक्सनमा असर पुगेको समेत विश्लेषण गरिएको छ । तर अवतार फ्रान्चाइजी जस्ता ब्लकबस्टर फिल्महरूले प्रायः ठूलो पर्दा, आइम्याक्स वा थ्रीडि अनुभवहरू मन पराउने दर्शकहरूलाई आकर्षित गरिरहेका छन् ।

    तर समग्रमा अमेरिकी सिनेमाको बक्स अफ्रिस २०१९ को कोरोना महामारी पछि अघिको स्तरमा फर्किन सकेको छैन । हलिउडको बक्स अफिस २०१९ को तुलनामा २२.५ प्रतिशतले घटेको छ र वर्ष-दर-वर्ष १.३ प्रतिशतले मात्र बढेको छ, जसको कुल आम्दानी ८.३७ बिलियन डलर पुगेको रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट